बाजुराको बूढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, असार १४ : बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल....

काठमाडौं, असार १४ : बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आइतबार गरिएको परीक्षणमा बुढीगंगा नगरपालिकाका ७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४४ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ हजार ७७२ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १३ जना निको भएर घर फर्किएका छन्। आइतबारमात्रै कोरोनालाई जितेर १७९ जना घर फर्किएको प्रवक्ता डा. गौतमले जानकारी दिए।








-1792413548.jpeg)


