Kathmandu Press

कोरोनाको संक्रमणबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु

काठमाडौं, असार १४ : कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक सय ५८ जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासिय नेपाली संघ (एनआरएनए) का अनुस....

कोरोनाको संक्रमणबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु

काठमाडौं, असार १४ : कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक सय ५८ जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासिय नेपाली संघ (एनआरएनए) का अनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ। यस्तै, विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ। एनआरएनएका अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीले कोरोना जितेका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ। 

एनआरएनएले सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगसँगको समन्वयमा ११ हजारभन्दा बढी नेपालीको उद्धार गरी स्वदेश फर्काएको जनाएको छ। साथै उक्त संस्थाले ८७ वटा शव पनि नेपाल पठाएको बताएको छ। 

हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीको कोभिड–१९ का कारण मृत्यु भएको तथा डेनमार्क, नेदरल्यान्डस्, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानाडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, दक्षिण कोरिया, मलेसियालगायत १९ देशमा रहेका नेपाली संक्रमणबाट मुक्त भएका छन्। रासस
 

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्