कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरका नासु र लेखा परीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, असार १४ : कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद....

काठमाडौं, असार १४ : कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पन्थीले अभिलेख अध्यावधिक गर्न आउने अख्तियारवाला व्यक्तिहरुलाई काम सहज गराइदिने भन्दै घुस मागेका थिए। अख्तियारको टंगालबाट खटिएको टोलीले पन्थी र लेखापरीक्षक श्रेष्ठले पाँच हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको थियो।
उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
प्रकाशित मिति: १४:५३ बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











