भक्तपुरकी चार वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार १४ : भक्तपुरको मध्यपुर थिमिकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उपत्....

काठमाडौं, असार १४ : भक्तपुरको मध्यपुर थिमिकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका पाँच संक्रमित मध्ये एक भक्तपुरकी चार वर्षीया बालिका रहेकी छन्।
मध्यपुर थिमि नगरपालिकाकी उपप्रमुख अन्जनादेवी मधिकर्मीका अनुसार बालिकालाई पेट दुखेपछि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो। बालिकालाई एपेन्डिसाइटिसको समस्या भएकाले शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षण गरिएको थियो।
बालिकालाई कसरी कोरोना संक्रमण भयो भन्नेबारे खोजी भइरहेको उनले बताइन्।
संक्रमित बालिकाको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ।
प्रकाशित मिति: १४:३२ बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











