Kathmandu Press

सलह मार्न ड्रोन र दमकलबाट विषादी छर्किइने

काठमाडौं, असार १४ : नेपाल प्रवेश गरेका सलह मार्न ड्रोन र दमकलबाट विषादी छर्किइने भएको छ।

आइतबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल....

सलह मार्न ड्रोन र दमकलबाट विषादी छर्किइने

काठमाडौं, असार १४ : नेपाल प्रवेश गरेका सलह मार्न ड्रोन र दमकलबाट विषादी छर्किइने भएको छ।

आइतबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा भएको सरोकारवाला निकाय र विज्ञहरुको छलफलले ड्रोन र दमकलबाट विषादी छर्किन सिफारिस गरेको हो। भोलि वा पर्सिदेखि नै विषादी छर्किन सुरु गरिने मन्त्रालयले जनाएको छ।

छलफलमा सहभागी विज्ञहरुले तत्काल नियन्त्रणमा जानुपर्ने सुझाव दिएका थिए। त्यसका लागि प्रदेश सरकारलाई विषादी र उपकरण उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

अहिले सलहको झुण्ड देखिएको ठाउँमा विषादी छर्किइने भएको छ। यसका लागि ड्रोन र दमकल प्रयोग गर्ने निर्णय गरिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले बताए।

उनका अनुसार, विषादीसँगै अन्य उपाय अपनाउन पनि सुझाव दिइएको छ। जसमा थाल ठटाउने, बाजा बजाउने, झुलको प्रयोग गर्ने लगायत छन्।

संघीय सरकारले तत्कालै प्रदेश र स्थानीय सरकारलाई सलह नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने जनाएको छ। यसका लागि प्राविधिक टोलीले विस्तृत जानकारी दिनेछ।

दुई महिनाअघि भारतमा देखिएका सलह शनिबारदेखि नेपाल प्रवेश गरेका हुन्। तराई मधेशका बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देहीसहित पहाडी जिल्लामा पनि देखिएको छ। आइतबार भने काठमाडौंमा पनि सलह देखाा परेका छन्।

झुण्डमा उड्ने सलहले अन्नबालीसँगै हरिया पात पनि नष्ट गर्छ।

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्