Kathmandu Press

संसारभर एक करोड नाघे कोरोना भाइरस संक्रमित

काठमाडौं, असार १४ : संसारभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, गत २४ घन्टामा एक लाख ७४ हजार को....

संसारभर एक करोड नाघे कोरोना भाइरस संक्रमित

काठमाडौं, असार १४ : संसारभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, गत २४ घन्टामा एक लाख ७४ हजार कोरोना संक्रमित थपिएँसगै एक करोड नाघेको हो। अहिलेसम्म संसारभर संक्रमितको संख्या एक करोड ८८ हजार पाँच सय ७६ पुगेको छ।

आइतबारसम्म कोरोनाबाट पाँच लाख एक हजार चार सय ४२ जनाको मृत्यु भएको छ। अझै ५७ हजार आठ सय १३ जना गम्भीर रहेका छन्।

संक्रमितमध्ये अहिलेसम्म ५४ लाख ६६ हजार चार सय ५४ जना निको भएका छन्। अझै ४१ लाख २० हजार ६ सय जना उपचाररत छन्।

सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा २७ लाख ९६ हजार सात सय ७२ पुगेका छन्। जसमध्ये एक लाख २८ हजार एक सय ५२ जनाको मृत्यु भएको छ भने अझै १५ हजार आठ सय १६ जना गम्भीर रहेका छन्।

त्यस्तै, १० लाख ८१ हजार चार सय ८४ जना निको भएका छन्। अहिले पनि १३ लाख ८७ हजार एक सय ३४ जना उपचाररत छन्।

दोस्रो नम्बरमा रहेको ब्राजिलमा १३ लाख १५ हजार तीन सय ९१ जनामा कोरोना देखिएको छ। यसमध्ये ५७ हजार एक सय तीन जनाको मृत्यु भएको छ भने सात लाख १७ हजार तीन सय नौ जना निको भएका छन्।

त्यस्तै, रुस तेस्रो नम्बरमा रहेको छ। रुसमा ६ लाख १७ हजार ६ सय ४६ जनामध्ये आठ हजार नौ सय ६९ जनाको मृत्यु भएको छ। अहिलेसम्म तीन लाख ९३ हजार तीन सय ९२ जना निको भएको छन्।

चौथो नम्बरमा रहेको छिमेकी भारतमा पाँच लाख २९ हजार आठ सय ६० जनामा कोरोना देखिएको छ। जसमध्ये १६ हजार एक सय ११ जनाको मृत्यु भएको छ भने तीन लाख १० हजार दुई सय पाँच जना निको भएका छन्।

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। देशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ।

आइतबारसम्म नेपालमा १२ हजार तीन सय नौ जनामा कोरोना देखिएको छ। जसमध्ये २८ जनाको मृत्यु भएको छ भने दुई हजार आठ सय ३४ जना निको भएका छन्।

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्