क्वारेन्टाइनमा बस्दै आएका एक पुरुषको मृत्यु
काठमाडौं, असार १४ : पश्चिम नवलपरासीको क्वारेन्टाइनमा बस्दै आएका एक पुरुषको मृत्यु भएको छ। बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पस....

काठमाडौं, असार १४ : पश्चिम नवलपरासीको क्वारेन्टाइनमा बस्दै आएका एक पुरुषको मृत्यु भएको छ। बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आइतबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।
स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई रातिनै उपचारको लागि बुटवल लगिएको थियो। उनको उपचारको क्रममा बिहान पाँच बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका पुरुषले पहिल्यैदेखि मुटु र ब्लड प्रेसको औषधि नियमित सेवन गर्दै आएको पाइएको छ।
मृतकको स्वाब परीक्षणको लागि पठाइएकोले रिपोर्ट आएपछि मात्र अन्त्यष्टि गरिने छ।
प्रकाशित मिति: १३:३० बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1792413548.jpeg)


