Kathmandu Press

भारतमा एकैदिन झण्डै २० हजारमा कोरोना भाइरसको संक्रमण

नयाँ दिल्ली, असार १४ : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या वृद्धि हुँदै गएको छ। 

सरकारी अधिकारीहरुका अनुसार आइतबार बिहान भारत....

भारतमा एकैदिन झण्डै २० हजारमा कोरोना भाइरसको संक्रमण

नयाँ दिल्ली, असार १४ : भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या वृद्धि हुँदै गएको छ। 

सरकारी अधिकारीहरुका अनुसार आइतबार बिहान भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना संक्रमित भएको बताएका छन् 

योसँगै भारतमा कुल संक्रमितको संख्या पाँच लाख २८ हजार ८५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्। 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या लाख तीन हजार ५१ पुगेको छ। 

त्यसैगरी कोरोना निको भई घर फर्केनेहरुको संख्या तीन लाख नौ हजार ७३१ पुगेको अधिकारीहरुले जनाएका छन्।  

भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। 


कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म एक लाख ५९ हजार १३३ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १८८ जना संmत्रमित भएको जनाइएको छ। 

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्