Kathmandu Press

हातहतियार र भारतीय बिँडीसहित तीन पक्राउ

बैतडी, असार १४ : हातहतियार र भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको  बिँडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ....

हातहतियार र भारतीय बिँडीसहित तीन पक्राउ

बैतडी, असार १४ : हातहतियार र भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको  बिँडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड छन्।  

उनीहरुलाई दशरथचन्द –८ नल्तडीस्थित महाकाली किनारबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भन्सार छली महाकाली नदीमा ट्युबमार्फत अवैध रुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको  टोलीले अभियुक्तलाई पक्राउ गरेको जनाइएको छ। बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने छ। 

यसअघि गत जेठ २८ गते  सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापित सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को गस्ती टोलीले दशरथचन्द–६ शेराबाट दुई पेटी बिँडी बरामद गरेको  थियो।

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्