Kathmandu Press

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, असार १४ : महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ।

आज दिउसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पदाध....

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, असार १४ : महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ।

आज दिउसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पदाधिकारी बैठक बोलाइएको छ। बैठकमा आगामी महाधिवेशन कार्यतालिकासँगै कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूतिकरणका विषयमा छलफल हुने जनाएको छ।

कांग्रेसको १४औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना गर्ने घोषणा गरिएको थियो। तर, कोरोना भाइरसका कारण महाधिवेशन प्रभावित हुने भएको छ।

कोरोनाका कारण गरिएको लकडाउनले क्रियाशिल सदस्यता वितरण रोकिएको छ। सदस्यता नविकरण पनि हुन सकेको छैन। गत फागुन २१ गतेदेखि सबै कार्यक्रम रोकिएका छन्।

त्यस्तै, कोरोनाका कारण संघीय संरचनाअनुसार, पार्टी समायोजनको काम पनि प्रभावित भएको छ। अन्य तयारीका कार्यक्रममा पनि रोकिएका छन्।

यिनै विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको हो। बैठकले महाधिवेशनसँगै कोरोना भाइरसको संक्रमण नियन्त्रणका विषयमा पनि निर्णय गर्ने जनाएको छ।

प्रकाशित मिति: १२:३४ बजे, आइतबार, असार १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्