अल सबाबका नेपाली कमाण्डर मारिएको दाबी
काठमाडौं, असार १४ : अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मुस्लिम अतिवादी समूह अल सबाबका नेपाली कमाण्डर मारिएको दाबी गरिएका छन्।
सोमालियाको सेना....

काठमाडौं, असार १४ : अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मुस्लिम अतिवादी समूह अल सबाबका नेपाली कमाण्डर मारिएको दाबी गरिएका छन्।
सोमालियाको सेनाले अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको राष्ट्रिय रेडियोले जनाएको छ। बिहीबार मारिएका हमदान नेपालबाट गएका हुन्।
उनी उक्त इस्लामिस्ट समूहका वरिष्ठ प्रशिक्षक थिए। हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ। रोयटर्सको सोही समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स पत्रिकाले पनि आफ्नो अनलाइनमा छापेको छ।
प्रकाशित मिति: १२:३२ बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1792413548.jpeg)


