दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु
काठमाडौं, असार १४ : सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–भैरहवा ....

काठमाडौं, असार १४ : सवारी दुर्घटनामा रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–भैरहवा सडक खण्ड तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति दुर्घटना हुँदा न्युज २४ टेलिभिजनका रिपोर्टर ३० वर्षीय पाण्डेको मृत्यु भएको हो।
बुटवलदेखि घर ड्राइभरटोलतर्फ जाँदै गर्दा बा ७ च ६९५९ नम्बरको पाण्डेले चलाएको कार दुर्घटनाग्रस्त भएको थियो । केहि गीतको रचना गरेका पाण्डे गीतकार समेत हुन् ।
दुर्घटनामा गम्भीर घाइते पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएपनि उपचारकै क्रममा शनिबार राती करिब १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: ०७:३४ बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











