विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, पाँच लाख वढीको मृत्यु
काठमाडौं, असार १४ : विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ । वोर्ल्डोमिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७....

काठमाडौं, असार १४ : विश्वभर कोरोना संक्रमतिको संख्या एक करोड नाघेको छ । वोर्ल्डोमिटरको पछिल्लो अपडेट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ७५ हजार ११५ पुगेको हो ।
त्यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५ लाख ६२६ पुगेको छ । यसैगरी विश्वभर कोरोनाबाट ठिक हुनेको संख्या ५४ लाख ५१ हजार ९८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विश्वभर ४८ सयले ज्यान गुमाउँदा झण्डै २ लाख नयाँ संक्रमित थपिए ।
कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ३६४ जना संक्रमित भएका छन् भने अमेरिकामा एक लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् भने ५७ हजार १०३ को मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना ठिक भएका छन् । रसियामा अहिले सम्म ६ लाख २७ हजार ६४६ जना संक्रमित भएका छन् भने ८ हजार ९६९ जनाको मृत्यु भएको छ । रसियामा अहिलेसम्म ३ लाख ९३ हजार ३५२ जना ठिक भएका छन् ।
भारतमा ५ लाख २९ हजार ५७७ जना संक्रमित भएका छन् भने १६ हजार १०३ जनाको मृत्यु भएको छ । त्यस्तै भारतमा ३ लाख १० हजार १४६ जना ठिक भएका छन् ।








-1792413548.jpeg)


