महाधिवेशनबारे छलफल गर्न काँग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं, असार १४ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे ....

काठमाडौं, असार १४ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताईएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।
कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो । काँग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।
प्रकाशित मिति: ०६:३८ बजे, आइतबार, असार १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-1792413548.jpeg)


