Kathmandu Press

बर्ड फ्लू लागेका २६ हजार कुखुरा नष्ट

हेटौंडा, चैत ४ : हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरि....

बर्ड फ्लू लागेका २६ हजार कुखुरा नष्ट
काठमाडौं प्रेस

हेटौंडा, चैत ४ : हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरिएको छ । ति कुखुरा खाल्टोमा पुरिएको जनाएको छ।

नागवस्ती क्षेत्रका कृषकका २८ फार्मका बर्ड फ्लूको संक्रमण देखिएको छ । यहाँका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ।

काठमाडौंबाट मकवानपुर पुगेको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका कुखुरा र अण्डा नष्ट गर्ने अभियान थालेको हो ।  आज भने कुखुरा नष्ट गरिएको छैन् । आवश्यक पोशाक र रसायन जुटाउन सोमबार नष्ट नगरिएको जनाएको छ।

बर्ड फ्लू लागेका बाँकी कुखुरा पाँच दिनभित्र नष्ट गरी खाल्टोमा पुर्ने र खोरको सरसफाइ गर्ने लक्ष्य रहेको कार्यालयका प्रमुख चिकित्सक डा. चेतनारायण खरेलले बताए।

उनका अनुसार रोग प्रभावित कुखुरा नष्ट गर्न बर्ड फ्लू प्रभावित क्षेत्रमा कृषक समूह, प्रहरी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि र काठमाडौंबाट आएका प्राविधिक टोली खटिएका छन्।

प्रभावित क्षेत्रका कुखुरा र अण्डा बाहेक अन्य क्षेत्रका कुखुरा र अण्डाको स्थानीय बजारमा बिक्रीवितरण जिल्ला पशु सेवा कार्यालयको निगरानीमा खुला गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, चैत ४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्