Kathmandu Press

कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली, असार १२ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका ....

कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली, असार १२ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन्।

कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए।

Hardik ivf

कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै उनले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए।

प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउँदै अगाडी बढ्नु पर्ने धारणा राखे।

“हामी सवै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,” उनले एक कार्यक्रममा भने।

यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउदै उनले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए।

यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उनको भनाई छ।

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्