अनुशासन र निर्वाचन समिति गठनका लागि कांग्रेसको बैठक बस्दै
काठमाडौं, चैत ४ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाएको छ।<....

काठमाडौं, चैत ४ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाएको छ।
आजको बैठकमा पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय हुने जनाएको छ । त्यस्तै, कांग्रेस विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने भएको छ।
फागुन १४ गते बोलाएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा स्थगित भएको थियो।
केन्द्रीय कार्यसमितिको बैठक बस्नु अघि दुवै पक्षका पदाधिकारीकाबीच सहमतिको प्रयास हुने जनाएको छ।
दुवै समितिमा संयोजकसहित पाँच जना सदस्य रहन्छन् । कांग्रेसमा अनुशासन र निर्वाचन समितिलाई महत्वका साथ लिइन्छ।











