Kathmandu Press

ब्राजिलमा थपिए एकैदिन ४० हजार वढी कोरोना संक्रमित  

काठमाडौं, असार १२ : ब्रजिलमा एकै दिन ४० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४० हजार ६७३ जनाका कोरोना संक्रमण प....

ब्राजिलमा थपिए एकैदिन ४० हजार वढी कोरोना संक्रमित  

काठमाडौं, असार १२ : ब्रजिलमा एकै दिन ४० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ४० हजार ६७३ जनाका कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२ लाख ३३ हजार पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा ब्रजिलमा ११ सय ८० जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ५५ हजार पुगेको छ।

ब्रजिल कोरोनाबाट अत्यधिक प्रभावित विश्वको दोस्रो देश हो। पहिलो देश अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजार नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २५ लाख पुगेको छ।  

यसैगरी त्यहाँ पछिल्लो २४ घण्टामा ५ सय ९५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ लाख २६ हजार ७२६ पुगेको छ।  

प्रकाशित मिति: ०७:४७ बजे, शुक्रबार, असार १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्