Kathmandu Press

पेटको बोसोले डिमेन्सिया हुने जोखिम धेरै

पाका व्यक्तिलाई आउने एक वा दुई दशकमा डिमेन्सिया हुन्छ वा हुँदैन पेटको आकारले सङ्कत गर्दछ। महिला झनै जोखिममा हुन्छन्। पेटमा औसतभन्दा धेरै बोसो भए पाका महिलालाई १५ वर्षभ....

पेटको बोसोले डिमेन्सिया हुने जोखिम धेरै

पाका व्यक्तिलाई आउने एक वा दुई दशकमा डिमेन्सिया हुन्छ वा हुँदैन पेटको आकारले सङ्कत गर्दछ। महिला झनै जोखिममा हुन्छन्। पेटमा औसतभन्दा धेरै बोसो भए पाका महिलालाई १५ वर्षभित्र डिमेन्सिया हुने जोखिम ३९ प्रतिशतले धेरै देखिएको छ।

इन्टरनेसनल जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित अध्ययन अनुसार कम्मरको नाप सामान्यभन्दा धेरै हुनेलाई यस्तो जोखिम हुन्छ।

Hardik ivf

अध्ययन अनुसार बडि मास इन्डेन्स र कम्मरको नापको आधारमा उमेरले ५० को दशक पार गरेका महिला र पुरूषलाई डिमेन्सिया हुने जोखिम २८ प्रतिशत हुन्छ।

अनुसन्धाताले सहभागीको उचाइँ, तौल र कम्मरको नाप लिएर ११ वर्षसम्म अध्ययन गरे। यो अवधिमा कसलाई डिमेन्सिया देखियो, कसलाई देखिएन भनेर उनीहरूले ध्यान दिए।

“अघिल्ला अध्ययन अनुसार पेटको आकार बढ्दै जाँदा मष्तिष्कको स्मरण केन्द्र सानो हुँदै जान्छ,” डा. रिचर्ड आइज्याक्सनले बताए। उनी वेल कोर्नेल मेडिसिन एन्ड न्यूयोर्क प्रिस्बेटेरियन हस्पिटलको अल्झाइमर प्रिभेन्सन क्लिनिकका प्रमुख हुन्।

“यी निष्कर्षलाई पुष्टि गर्ने भएकोले यो नयाँ अध्ययन महत्त्वपूर्ण छ। विशेष गरि महिलाको सवालमा कम्मरको नाप ठूलो भए डिमेन्सिया पनि बढ्ने देखिन्छ।”

अध्ययनको नतिजाले डिमेन्सिया र मोटोपनको कार्यकारण सम्बन्ध खुलाउन सहयोग गर्ने अनुसन्धाताले बताएका छन्।

“डिमेन्सिया २१औं शताब्दीको एउटा प्रमुख स्वास्थ्य चुनौती हो,” एन्ड्रयु स्टेपटोले बताए। उनी युनिभर्सिटी कलेज लन्डनमा मनोविज्ञान र एपिडेमियोलोजीका प्राध्यापक तथा अध्ययनका सह लेखक पनि हुन्। “मोटोपनको बढ्दो दरले समस्या झनै बढ्ने हाम्रो अध्ययनले देखाएको छ।”
सीएनएन

प्रकाशित मिति: ०७:२४ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्