काठमाडौंमा भूकम्पको धक्का, चित्लाङ केन्द्रबिन्दू
काठमाडौं, चैत ४ : काठमाडौं आज बिहान ९ बजे भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं र वरपरको क्षेत्रलाई हल्लाउने गरि भूकम्प गएको हो।
राष्ट्रि....
काठमाडौं, चैत ४ : काठमाडौं आज बिहान ९ बजे भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं र वरपरको क्षेत्रलाई हल्लाउने गरि भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, सोमबार बिहान ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यसको केन्द्रबिन्दू काठमाडौंभन्दा ३५ किलोमिटर दक्षिण–पश्चिमको मकवानपुरको चित्लाङ रहेको छ।
यसको काठमाडौं उपत्यकालगायत मकवानपुर, धादिङ, नुवाकोटलगायतका पश्चिमी जिल्लाहरूमा धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्पमापन केन्द्रले यसलाई नयाँ भूकम्प भनेको छ । यस अघि २०७२ कै भूकम्पका पराकम्प मानिदै आएको थियो।
यसले खासै क्षति नपुगाएको अनुमान गरिएको । प्रहरीका अनुसार, कुनै पनि स्थानबाट क्षति भएको जानकारी आएको छैन्।






