Kathmandu Press

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मेक्सिको, असार ११ : मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।

मेक्सिकोको दक्षिणी क्षेत्रल....

मेक्सिकोमा भूकम्पबाट मृत्यु हुनेको संख्या सात पुग्यो

मेक्सिको, असार ११ : मध्य अमेरिकी राष्ट्र मेक्सिकोमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।

मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको थियो। 

उक्त शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक रुपमा खुलेको छ। बुधबार मेक्सिको सरकारले सो भूकम्पबाट कम्तीमा पनि सात जनाको निधन भएको बताएको छ। साथै भूकम्पबाट कम्तीमा पनि दुई हजार घरहरु भत्किएको जनाएको छ।

भूकम्पबाट जोगिन यहाँका कैयौं मानिस घरबाहिर भागेका र यसका कारण ठूलो संख्याका नागरिक घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन्।

मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरमा सो भूकम्पले बढी क्षति पुर्‍याएको बताइएको छ।

भूकम्पको झड्का निकै शक्तिशाली रहेकोले सो झड्कापछि घरहरु भत्किएर थिचेको र यसबाट मानिसको ज्यान गएको बताइएको छ।     

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, असार ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्