Kathmandu Press

पेरिसको आइफेल टाबर १०४ दिनपछि खुल्यो

पेरिस, असार ११ : कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि खोलिएको छ। 

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्....

पेरिसको आइफेल टाबर १०४ दिनपछि खुल्यो
Hardik ivf

पेरिस, असार ११ : कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि खोलिएको छ। 

विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर बिहीबारदेखि खुलेपनि अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ।

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ। सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने छ।

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, असार ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्