Kathmandu Press

पत्नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका उडे

काठमाडौं, चैत ३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आज अमेरिका प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहालसँगै उनका स्वकीय सचिव ....

पत्नी सीताको उपचारको लागि प्रचण्ड अमेरिका उडे

काठमाडौं, चैत ३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि आज अमेरिका प्रस्थान गरेका छन् ।

अध्यक्ष दाहालसँगै उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजमार्फत अबुधाबी हुँदै अमेरिका प्रस्थान गरेका हुन् ।

स्रोतका अनुसार सीताको अमेरिकाको जोन्स हप्किन्स अस्पतालमा प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगको उपचार हुने भएको हो ।

दाहालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफू श्रीमतीको स्वास्थ्य उपचारका लागि मात्र अमेरिका जान लागेको बताए ।अमेरिकामा यो रोगको बारेमा पछिल्लो समय नयाँ अनुसन्धान भएकोले आफूहरू निदानका लागि अमेरिका जान लागेको पनि उनले स्पष्ट पारे ।
 
दाहालले अमेरिका जानका लागि परराष्ट्र मन्त्रालय, नेपालस्थित अमेरिकी राजदूत र अमेरिकास्थित नेपाली राजदूतले सहजीकरण गरेको जानकारी पनि दिए ।

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, चैत ३, २०७५