सिके राउतको परिषद बैठकले के गर्ला ?
काठमाडौं, चैत ३ : सिके राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठवन्धन’को राष्ट्रिय परिषद बैठक नेपाली राष्ट्रिय गान गाएर लाहानमा सुरु भएको छ ....
काठमाडौं, चैत ३ : सिके राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठवन्धन’को राष्ट्रिय परिषद बैठक नेपाली राष्ट्रिय गान गाएर लाहानमा सुरु भएको छ ।
सरकारसँग ११ बुँदे सहमति गरेर मधेस झरेका पूर्वपृथकतावादी नेता राउतको यो बैठकको निर्णय के हुन्छ भन्ने चासोको रुपमा हेरिएका बेला
‘सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली’ बोलको राष्ट्रिय गान गाएर बैठक सुरु भएको छ ।
बैठकमा सहभागीहरुलाई नेपाली नागरिकता अनिवार्य रुपमा देखाउन पनि निर्देशन गरिएको छ ।
डा. सिके राउतले स्वतन्त्र मधेसको एजेण्डा नछाडेको भन्ने आकलन भैरहेका बेला राष्ट्रिय गानाबाट बैठक सुरु गरेपछि सहमतिमा आउने संकेत गरेको बुझिएको छ ।
दुई दिनसम्म चल्ने बैठकले भावी रणनीति तय गर्दै सरकारसँग भएको ११ बुदे सहमतिको व्याख्या गर्ने बताइएको छ । राउतले तत्काललाई पृथकतावादी नीति त्याग्न सक्ने बताइएकाे छ ।






