Kathmandu Press

कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीको ठहर

पुलवामा, असार ९ : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारवाहीका क्रममा मंगलबार दुई जना आतंककारी मारिएको जनाएको छ। पछिल्ला केही ....

कश्मिरमा दुई आतंककारी मारिएको भारतीय प्रहरीको ठहर

पुलवामा, असार ९ : भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरको पुलवामामा गरेको कारवाहीका क्रममा मंगलबार दुई जना आतंककारी मारिएको जनाएको छ। पछिल्ला केही दिनमा भारतीय सुरक्षा निकायले जारी राखेको आतंककारीविरुद्धको कारवाहीका क्रममा दुई आतंककारी मारिएको बताएका हुन् । 

सो क्षेत्रमा भारतीय सेना र प्रहरीको संयुक्त सुरक्षा फौजले सो कारवाही गरिरहेको बताइएको छ। मंगलबार भएको सो कारवाहीमा दुई जना आतंककारी मारिएका र एकजना भारतीय सेनाका सदस्य घाइते भएका बताइएको छ। 

Hardik ivf

जम्मुस्थित भारतीय प्रहरी पोष्टले दिएको जानकारीअनुसार भारतीय सेनाले घाइते सैनिकको उद्धार गरी अस्पतालसम्म पुर्याएको छ। गस्तीमा रहेको सुरक्षा फौजमाथि गरेको आक्रमणको प्रतिकारको क्रममा ती आतंककारी मारिएको पनि प्रहरीले जनाएको छ। 

प्रहरीले मारिएका ती आतंककारीको साथबाट शक्तिशाली हतियार पनि बरामद गरेको जनाएको छ।

प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्