छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड
गलेश्वर, चैत ३ : म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ।
यही चैत १० गतेदेखि शुरु हुन ....
गलेश्वर, चैत ३ : म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ।
यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई)मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएको हो।
सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महिनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको छ।
मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई १५ हजार बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरेकी छन्।
मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महिनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताए।
महिनावारीको समयमा कुनै पनि छात्राको एसइई परीक्षा प्रभावित नहोस् भनेर सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएको अर्यालले बताइन्।
एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ । म्याग्दीमा दुई हजार दुई सय ४२ विद्यार्थी सहभागी हुने छन् । जसमा एक हजार एक सय ११ छात्रा रहेका छन् । (रासस)