भारतमा एकै दिन १५ हजार बढीमा कोरोना संक्रमण
काठमाडौं, असार ८ : भारतमा एकै दिन १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार १८३ जनामा संक्रमण पुष्टि भएस....

काठमाडौं, असार ८ : भारतमा एकै दिन १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा १५ हजार १८३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ४ लाख २६ हजार ९१० पुगेको हो ।
यस्तै एकै दिन ४२६ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजार ७०३ पुगेको छ ।
संक्रमितमध्ये भारतमा २ लाख ३७ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:२९ बजे, सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












