जंगलको आगो गाउँ पसेपछि ६ घर जले
पाँचथर, चैत ३ : जंगलबाट सल्केको आगोले पाँचथरको हिलिहाङ गाउँपालिका–३ डाँडेका ६ घर जलेका छन्।
गाउँकै रमिते भिरमा लागेको आगो गाउँ पसेको स....

पाँचथर, चैत ३ : जंगलबाट सल्केको आगोले पाँचथरको हिलिहाङ गाउँपालिका–३ डाँडेका ६ घर जलेका छन्।
गाउँकै रमिते भिरमा लागेको आगो गाउँ पसेको स्थानीय बासिन्दाले बताए । उनीहरूका अनुसार, शनिबार राति गाउँ पसेको आगोले मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाको घर जलेका छन्।
त्यसमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । उनीहरूको सबै अन्नपात, सरसामान पनि जलेर नष्ट भएका छन्।
स्थानीय बासिन्दाले बस्तीमा पसेको आगो नियन्त्रण लिएका छन् । जंगलमा भने अझै डडेलो जारी रहेको वडा नं. ३ का वडा सदस्य धनबहादुर पालुङवाले बताए।
उनका अनुसार, स्थानीय बासिन्दा र हरीको टोली आगो नियन्त्रणमा खटिएको छ । तर, नियन्त्रणमा आउन सकेको छै।











