Kathmandu Press

पत्नीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

काठमाडौं, चैत ३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज साँझ अमेरिका जान लागेका छन्।

प्रचण्ड....

पत्नीको उपचारका लागि प्रचण्ड आज अमेरिका जाँदै

काठमाडौं, चैत ३ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज साँझ अमेरिका जान लागेका छन्।

प्रचण्डको सचिवालयका अनुसार, आज साँझ ५ बजे उनी अमेरिका जान लागेका हुन् । उनीसँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन्।

प्रचण्ड पत्नी सीता पार्किन्सन रोगले पीडित छन् । उनका छोरा प्रकाशको मृत्यु पछि झन सकस भएको छ।

उनको भारत र सिंगापुरमा उपचार भएको थियो । स्वास्थ्यमा सुधार नआएपछि अमेरिका लग्न लागिएको जनाएको छ।

उनलाई दुई महिनाअघि नै अमेरिका लग्ने तयारी गरिएको थियो । भेनेजुएला प्रकरणमा प्रचण्डले विज्ञप्ती जारी गरेर अमेरिकाको विरोध गरेपछि तनाव उत्पन्न भएको थियो । जसका कारण उनले अमेरिका जाने कार्यक्रम स्थागित गरेका थिए।

अहिले नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरिले सहजीकरण गरेपछि अमेरिका जान लागेका हुन् । उनी पत्नीको उपचारपछि मात्रै नेपाल फर्किने छन्।

प्रकाशित मिति: १०:२० बजे, आइतबार, चैत ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्