Kathmandu Press

विप्लव माओवादीका पोलिटव्युरो सदस्य पक्राउ 

काठमाडौं, चैत १ : प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना पोलिटब्युरो सदस्यलाई पक्राउ गरेको छ । 

जीवन्त भनेर चिनिने मो....

विप्लव माओवादीका पोलिटव्युरो सदस्य पक्राउ 

काठमाडौं, चैत १ : प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना पोलिटब्युरो सदस्यलाई पक्राउ गरेको छ । 

जीवन्त भनेर चिनिने मोहन कार्कीलाई प्रहरीको आतंकवाद र राजनीतिक गतिविधिमाथि सुक्ष्म निगरानी गर्ने इकाइको विशेष ब्यूरोले शुक्रबार साँझ ललितपुरबाट पक्राउ गरेको हो । 

गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विप्लव माओवादीलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले पक्राउ र खोज अभियान चलाएको छ । 
 

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, चैत २, २०७५