मुलुक धर्मनिरपेक्षताबाट पछि हट्दैन : देउवा
काठमाडौं, चैत १ : कांग्रेस सभापति शेरबहादुर देउवाले देश धर्मनिरपेक्षमा गइसकेकोले अब पछि हट्न नसकिने बताएका छन् ।
शनिबार पाल्पामा पत्रक....
काठमाडौं, चैत १ : कांग्रेस सभापति शेरबहादुर देउवाले देश धर्मनिरपेक्षमा गइसकेकोले अब पछि हट्न नसकिने बताएका छन् ।
शनिबार पाल्पामा पत्रकारहरुसँग कुरा गर्दै देउवाले मुलुक संविधान अनुसारनै धर्मनिरपेक्षता तर्फ गएकाले पछि नहट्ने बताएका हुन् ।
‘गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकोले शेखर र शशांकले हिन्दु धर्मका पक्षमा बोलेर केही हुन्न,’ सभापति देउवाले भने।
कांग्रेसका केही नेताहरुले हिन्दु राष्ट्र कायम गराउनुपर्ने आवाज उठाउदै आएका बेला देउवाले मुलुक धर्मनिरपेक्षताबाट पछि हट्न नसकिने बताएका हुन्।
देउवाले एक वर्षको अवधिमा सरकारले राम्रा काम गर्न नसकेको पनि बताए ।
देउवाले नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन पनि आग्रह गरे। सरकारले नेकपासँग वार्ता गर्नुपर्ने देउवाले भनाई थियो ।
‘हत्याहिंसा छाडेर वार्तामा आउनुहोस्,’ देउवाले भने।






