Kathmandu Press

विश्वभर एकैदिन थपिए १ लाख ४० हजारभन्दा बढी कोरोना संक्रमित 

काठमाडौं, असार ५ : विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार....

विश्वभर एकैदिन थपिए १ लाख ४० हजारभन्दा बढी कोरोना संक्रमित 
Hardik ivf

काठमाडौं, असार ५ : विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दासम्म संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ५२८ जना संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या ८५ लाख ७८ हजार ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२३ जनाको मृत्यु भएको छ ।

यो सँगै मृत्यु हुनेको संख्या ४ लाख ५६ हजार २८४ पुगेको छ । ३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ३० हजार उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति: ०८:३९ बजे, शुक्रबार, असार ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्