बीएण्डसीको सम्बन्धन तत्काललाई स्थगन
काठमाडौं, चैत १ : काठमाडौं बिश्वबिद्यालयका सिनेटर र पदाधिकारीले आनाकानी गरेपछि झापाको बीएण्डसी कलेजलाई सम्बन्धन दिने निर्णय तत्काललाई स्थगित भएको छ ।&....

काठमाडौं, चैत १ : काठमाडौं बिश्वबिद्यालयका सिनेटर र पदाधिकारीले आनाकानी गरेपछि झापाको बीएण्डसी कलेजलाई सम्बन्धन दिने निर्णय तत्काललाई स्थगित भएको छ ।
काठमाडौं बिश्वबिद्यालयले आजको सिनेट बैठकमा दुर्गा प्रसाई कार्यकारी निर्देशक रहेको उक्त कलेजलाई सम्बन्धन दिने तयारी थियो । बिश्वबिद्यालयका सिनेटरहरु दमननाथ ढुंगाना, केदारभक्त माथेमा, रामेश्वर खनाल, स्वर्णीम वाग्लेलगायतले चिकित्सा शिक्षाको नयाँ ऐन जारी भएको र चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्रभित्र परेकाले सम्बन्धन दिन नहुने भन्दै प्रधानमन्त्रीलाई लविङ गर्दै आएका थिए । ‘सिनेटरहरुले लविङ गरेपछि तत्काललाई बीएण्डसी कलेजलाई सम्बन्धन दिने प्रसताव रोकिएको छ,’ बिश्वबिद्यालयका एक पदाधिकारीले काठमाडौं प्रेससँग भने ।
आजको सिनेट बैठकले स्विस प्राध्यापकलाई मानार्थ डिलिटको उपाधि दिने निर्णय गरेको छ । त्यस्तै बिश्वबिद्यालयको प्रज्ञिक परिषदका सदस्यहरुको नियुक्ति पनि गरिएको छ ।











