Kathmandu Press

कोरोना महामारी : विश्वभर मृत्यु हुनेको संख्या साढे चार लाख नाघ्यो 

काठमाडौं, असार ४ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार नाघेको छ ।

यो समाचार....

कोरोना महामारी : विश्वभर मृत्यु हुनेको संख्या साढे चार लाख नाघ्यो 
Hardik ivf

काठमाडौं, असार ४ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुकमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार २६३ जनाको मृत्यु भईसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार २६४ जनाको मृत्यु भएको छ ।

एकै दिन १ लाख ४१ हजार २५७ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ८३ लाख ९२ हजार ४८१ पुगेको छ । संक्रमित ३५ लाख ३६ हजार ८७७ जनाको उपचार भइरहेको छ भने ४४ लाख ५ हजार १५२ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति: ०८:५७ बजे, बिहीबार, असार ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्