राष्ट्रपतिलाई ओछ्याएको रातो कार्पेटमा सर्पको सयर
काठमाडौं, चैत १ : राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो ।
राष्ट्....

काठमाडौं, चैत १ : राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो ।
राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका मिडिया प्रतिनिधि नजिकबाट निस्किएको सर्प रेड कार्पेट हुँदै विमानस्थलतर्फ गयो । अचानक सर्प आइपुग्दा हतारिएका मिडियाकर्मी र सुरक्षाकर्मीलाई छल्दै सर्प भने झाडीमा पस्यो ।

त्यसको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारी सयुक्त राष्ट्रसंघको न्युयोर्कमा भएको ‘शक्तिमा महिला’ विषयमा कार्यक्रममा भाग लिएर आईपुगिन् ।
राष्ट्रपतिका लागि राखिएको रातो कार्पेटमा उनी आउनु अघिनै सर्पले सयर गरेपछि केहीबेर कर्मचारी नै अलमलमा देखिएका थिए ।
प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, चैत १, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











