Kathmandu Press

चीनमा पुन कोरोना संक्रमित बढ्न थालेपछि बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध

बेइजिङ असार ३ : चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ। पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमि....

चीनमा पुन कोरोना संक्रमित बढ्न थालेपछि बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध

बेइजिङ असार ३ : चीनको केन्द्रिय राजधानी बेइजिङमा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ। पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो। 

उच्च सतर्कता अपनाउने क्रममा बेइजिङमा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार  करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन्। 

Hardik ivf

बेइजिङमा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन्। बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुँदै आएको थियो। त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ। 

त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ। टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ। बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ। कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ।  

बेइजिङका सार्वजनिक स्थलहरुमा आवतजावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्