प्रार्थनाको समयमा गोली हानेर ४९ को मृत्यु र ४८ घाइते
काठमाडौं, चैत १ : प्रार्थनाको बेलामा शुक्रबार न्यूजिल्यान्डको क्रिस्टचर्चस्थित दुइटा मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरिएको छ । जसमा ४९ जनाको मृत्यु भ....

काठमाडौं, चैत १ : प्रार्थनाको बेलामा शुक्रबार न्यूजिल्यान्डको क्रिस्टचर्चस्थित दुइटा मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरिएको छ । जसमा ४९ जनाको मृत्यु भएको छ भने ४८ घाइते भएका छन् । त्यसमा संलग्न रहेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार, शुक्रबार दिउसो १ः३० बजे फेसबुकमा लाईभ गर्दै नूर मस्जिदमा आक्रमण गरिएको हो । मस्जिद अगाडि कार रोकेर भित्र छिरेका युवकले अन्धाधुन्ध गोली चलाएका थिए । डेलीमेलका अनुसार, क्रिस्टचर्चस्थित नूर मस्जिदमा अर्धस्वचालित सटगन र राइफलबाट ५० राउन्ड गोली प्रहार गरिएको थियो । नूर मस्जिदमा ४१ जनको मृत्यु भएको छ।
त्यहि समयमा १० किलोमिटर टाढा रहेको अर्को लिनवुड एभिन्यू मस्जिदमा पनि आक्रमण गरिएको छ । जहाँ सात जनाको मृत्यु भएको छ।
यसमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । एउटा महिला र तीन पुरुष रहेको जनाएको छ । जसमा तीन जनाको संलग्नता पुष्टि नभएको प्रहरीले जनाएको छ।
न्यूजिल्यान्डका प्रहरी कमिस्नर माइक बुसले पत्रकार सम्मेलन गरि २० वर्षीय युवक दोषी देखिएको बताएका छन् । उनले ति युवकलाई शनिबार अदालतमा उपस्थित गराइने बताएका छन्।
‘एक २० वर्षीय युवक हत्यारा भएको पुष्टि भएको छ, उनलाई भोली बिहान अदालतमा उपस्थित गराउँछौं,’ उनले भने, ‘पक्राउ गरिएका अन्य तीन जनाको विषयमा पुष्टि हुन सकेको छैन्।’
न्यूजिल्यान्डकी प्रधानमन्त्री आसिन्डा आर्डनले यसलाई आतंकारी हमला भनेकी छन् । उनले आजको दिनलाई न्यूजिल्यान्डका लागि ‘कालो दिन’ भनेकी छन् ।
घाइतेहरुको उपचार भइरहेको छ । मृतकहरुको पहिचान हुन सकेको छैन् । त्यसका लागि अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।
यो घटनामा बंगलादेशको क्रिकेट टिम भने मुस्लिकले जोगिएको छ । बंगलादेशको क्रिकेट टिम न्यूजिल्यान्ड भ्रमणमा छ । त्यही क्रममा प्रार्थना गर्न बंगालदेशको क्रिकेट टिम नूर मस्जिदमा पुगेको थियो । त्यहाँ पुग्ने वितिक्कै गोली चलेको आवाज आएपछि होटलतर्फ फर्किएको जनाएको छ ।











