Kathmandu Press

भारत चीन झडप : मृत्यु हुने भारतीय सैनिकको संख्या २० पुग्यो 

काठमाडौं, असार ३ : लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको  सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार ....

भारत चीन झडप : मृत्यु हुने भारतीय सैनिकको संख्या २० पुग्यो 

काठमाडौं, असार ३ : लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको  सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको जनाएको हो ।

भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ।

मङ्गलवार केही अघि भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो। यो सँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ। चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी सङ्घर्ष भएको हो। चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ। 

प्रकाशित मिति: ०७:०१ बजे, बुधबार, असार ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्