Kathmandu Press

कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध हुनसक्ने

काठमाडौं, असार २ : कोरोनाको खोप पत्ता नलागेसम्म अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने त्यहाँका संक्रामक रोग विशेषज्ञले सुझाव दिएका छन् ।

अम....

अमेरिकाका शीर्ष स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउसीले अमेरिका यात्राको प्रतिबन्ध कोरोनाको खोप पत्ता नलागेसम्म कायम गर्नु पर्ने सुझाव दिएका हुन् । टेलिग्राफ पत्रिकालाई दिएको एक अन्तर्वार्तामा फाउसीले प्रतिबन्ध कोरोना भाइरसको खोप पत्ता नलागेसम्म जारी रहन सक्ने बताएका हुन् ।

Hardik ivf

उनले अमेरिकामा कोरोनो भाइरसको संक्रमणको प्रकोप नरोकिएको र अझै केही समय लाग्ने भन्दै यात्राको प्रतिवन्ध हट्न अझै महिनौं लाग्ने बताएका हुन् । गत मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप, बेलायत, चीन र ब्राजिलबाट अमेरिका प्रवेश प्रतिबन्ध लगाएका थिए ।

अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ भने २१ लाख ८२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति: ०८:२८ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्