Kathmandu Press

मैले सम्बन्धन लिन खोजेको छैन, राज्यलेनै प्रक्रियाबाट दिन्छ : प्रसाई

काठमाडौं, चैत १ : बी एन्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफुले ऐन/कानुनभन्दा बाहिरबाट एबीबीएस अध्ययनका लागि सम्बन्धन लिन नखोजेको ....

मैले सम्बन्धन लिन खोजेको छैन, राज्यलेनै प्रक्रियाबाट दिन्छ : प्रसाई

काठमाडौं, चैत १ : बी एन्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफुले ऐन/कानुनभन्दा बाहिरबाट एबीबीएस अध्ययनका लागि सम्बन्धन लिन नखोजेको बताएका छन् । 

बी एन्ड सी कलेजलाई एमबीबीएस अध्ययनका लागि सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयको सिनेट बैठक डाकेको विषयमा समाचार आएपछि प्रसाईले आफुले अहिले सम्बन्धन लिन नखोजको दावी गरेका हुन् । ‘अहिले मैले सम्बन्धन लिन खोजेको छैन’ प्रसाईले काठमाडौं प्रेससँग भने, ‘मेरो कलेजको सबै मापदण्ड पुगेको छ, आसय पत्र पनि पाएको छ, नयाँ चिकित्सा शिक्षा ऐन अनुसारनै मैले सम्बन्धन पाउँछु ।’

प्रसाईले बी एन्ड सीले दुई बर्षअघिनै मेडिकल शिक्षाका लागि आशयपत्र पाएको र नयाँ ऐनले पनि काठमाडौं बाहिरको हकमा सम्बन्धन दिन मिल्ने स्पष्ट उल्लेख गरेकाले प्रक्रियाबाटै आफुले सम्बन्धन पाउने दावी गरे । ‘मेरो कलेजलाई सम्बन्धन दिन नयाँ ऐनले नै बाटो खोलेको छ’ प्रसाईले भने, ‘ऐनमा स्पष्ट रुपमा यसअघि आशयपत्र पाएका काठमाडौं बाहिरका कलेजहरुको हकमा सम्बन्धन दिने स्पष्ट उल्लेख गरेको छ । यसमा कसैको पनि विरोध पनि छैन ।’

उनले आफ्नो कलजेको मापदण्ड पुगेको भन्दै सरकारले चाडो सम्बन्धन दिनु पर्ने पनि बताए। ‘मेरो कलेजको मापदण्ड पुगको छ’ उनले भने, ‘कि छिटो सम्बन्धन दिनु पर्‍यो होइन भने खारेज गर्नु पर्‍यो ।’

प्रसाईले मेची अञ्जलमा रहेको आफ्नो कलेजलाई दक्षिण एसियाकै ठूलो क्यान्सर अस्पतालको रुपमा अघि बढाउने तयारी गरेको पनि बताए ।

काठमाडौं विश्वविद्यायको सिनेट बैठक अहिले धुलिखेलमा जारी छ । बैठकमा ऐन बाहिरबाट सम्बन्धन दिन नहुने भन्दै सिनेटरहरुले चिकित्सा आयोग गठन गरेर मात्रै सम्बन्धनको प्रक्रिया अघि बढाउनु पर्ने सुझाव पदाधिकारीलाई दिदै आएका छन् । 
 
 

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, चैत १, २०७५