माथिल्लो तामाकोशी बस दुर्घटना, दुईको मृत्यु, २० कामदार घाइते
चरीकोट, चैत १ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मजदुर बोक्न प्रयोग गरेको बस आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा दुई कामदारको मृत्यु भएको छ भने....

चरीकोट, चैत १ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मजदुर बोक्न प्रयोग गरेको बस आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा दुई कामदारको मृत्यु भएको छ भने २० घाइते भएका छन् ।
शुक्रबार बिहान ७ः३० बजे दोलखाको विगु गाउँपालिका–१ नयाँबाटोस्थित सिनो हाइड्रो प्रोजेक्टको कामदार बोक्न प्रयोग गरिएको बा ४ ख ४५७३ नम्बरको रोल्वालिङ यातायातको बस दुर्घटना भएको हो ।
दुर्घटनामा सुर्खेतको चौकुने–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङको मर्स्याङ्दी–३ का ४४ वर्षीय हीरा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा २० जना कामदार घाइते भएका छन् । उनीहरूमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । घाइतेलाई उपचारका लागि चरिकोट पठाइएको छ ।











