Kathmandu Press

ग्यास ट्यांकर विस्फोट हुँदा चीनमा १८ जनाको मृत्यु, एक सय ८९ घाइते

बेइजिङ, जेठ ३२ : चीनको एक राजमार्गमा ग्यास बोकेको ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ।

देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा ....

ग्यास ट्यांकर विस्फोट हुँदा चीनमा १८ जनाको मृत्यु, एक सय ८९ घाइते
तस्बिर : सीएनएन

बेइजिङ, जेठ ३२ : चीनको एक राजमार्गमा ग्यास बोकेको ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ।

देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा अन्य एक सय ८९ जना घाइते भएका छन्।

एउटा भवनमा ट्यांकर र ट्रक ठोकिएपछि विस्फोटन भएको अधिकारीहरुले जनाएका छन्। 

स्थानीय समय अनुसार शनिबार बेलुका ४.४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको थियो। 

चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको जानकारी अनुसार छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ-हाइकोउ राजमार्ग दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि ६ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रकाशित मिति: १४:४७ बजे, आइतबार, जेठ ३२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्