Kathmandu Press

अमेरिकामा २४ घण्टामा २४ हजारभन्दा बढीमा संक्रमित 

काठमाडौं, जेठ ३२ : कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्र....

अमेरिकामा २४ घण्टामा २४ हजारभन्दा बढीमा संक्रमित 
Hardik ivf

काठमाडौं, जेठ ३२ : कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २४ हजार ८६५ जना संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ४१ हजार ७८७ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा आइतबार बिहानसम्म १ लाख १७ हजार ५२४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६९९ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ८ लाख ५० हजार २२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ७४ हजार ४० जनामध्ये २ लाख ५८ हजार ४९६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ०६:४२ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्