Kathmandu Press

सर्वसाधारणसँग भएको अबैध अतियार बुझाउन सरकारको आग्रह

काठमाडौं, फागुन ३० : सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार ३५ दिनभित्र बुझाउन आह्वान गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अवै....

सर्वसाधारणसँग भएको अबैध अतियार बुझाउन सरकारको आग्रह

काठमाडौं, फागुन ३० : सरकारले सर्वसाधारणसँग भएका अवैध हतियार ३५ दिनभित्र बुझाउन आह्वान गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अवैध हतियार बुझाउन आह्वान गरेको सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले बताए । 

बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार दिउसो आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता  बाँस्कोटाले सम्पूर्ण किसिमका अवैध हतियार बुझाउन आह्वान गर्ने निर्णय भएको बताएका हुन् ।

सरकारले स्वचालित हतियार, भरुवा बन्दुक, कटुवा पेस्तोलसहित अन्य विष्फोटक पदार्थ नजिकैको प्रहरी, सेना वा सशस्त्र प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ । 
सरकारले तोेकेको ३५ दिनभित्र उक्त अवैध हतियार बुझाए कानुनी कारवाही नहुने पनि मन्त्री बास्कोटाले बताए । ‘ती हतियार बुझाउनलाई सरकारले ३५ दिनसम्मको अल्टिमेटम दिएको छ । यो अवधिमा हतियार बुझाए अवैध हतियार राखेवापत हुने सजाय मिनाह हुनेछ’, उनले भने ।

गत मंगलबारकै बैठकले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथि पनि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

०६२र०६३ को माओवादी द्वन्द्वको क्रममा प्रयोग भएका हतियार विप्लव समूहले प्रयोग गरिरहेको सुरक्षा संयन्त्रले विश्लेषण गर्दै आएको छ । 

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, फागुन ३०, २०७५