Kathmandu Press

भारत र अमेरिकाका राजदूतलाई मन्त्रीस्तरीय सुविधा

काठमाडौं, फागुन ३० : सरकारले भारत र अमेरिकाका दुई राजदूतलाई मन्त्रीको सुविधा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका ....

भारत र अमेरिकाका राजदूतलाई मन्त्रीस्तरीय सुविधा

काठमाडौं, फागुन ३० : सरकारले भारत र अमेरिकाका दुई राजदूतलाई मन्त्रीको सुविधा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीलाई मन्त्रीस्तरको सेवा सुविधा दिने निर्णय सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले परराष्ट्र सेवामा दुई जना उपसचिवको दरबन्दी थप्ने निर्णय गरेको पनि बताए । 

सरकारले विदेशी नियोगमा जाँदा प्रमुखहरूले लैजाने व्यक्तिगत सहयोगीका लागि पनि विशेष राहदानी व्यवस्था गर्ने निर्णय गरेको उनले बताए । उनका यस्तो विशेष राहदानी प्रमुखको कार्यकाल सकिएसँगै राहदानी विभागमा बुझाउनु पर्नेछ। 

प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, फागुन ३०, २०७५