सरकारले भन्यो, ‘विप्लव माओवादीलाई संगठित अपराध ऐन अनुसार प्रतिवन्ध’
काठमाडौं, फागुन ३० : सरकारले संगठित रुपमा अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको बताएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारम....
काठमाडौं, फागुन ३० : सरकारले संगठित रुपमा अपराध गरेकाले विप्लव समूहमाथि प्रतिबन्ध लगाउनु परेको बताएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले आज गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुन अनुसारनै संगठित रुपमा अपराध गर्ने कार्य गरेकाले विप्लव माओवादीमाथि प्रतिवन्ध लगाउनु परेको बताए ।
संचार मन्त्री बास्कोटाले संगठित अपराध ऐन २०७०, फौजदारीलगायतका कानुनलाई टेकेर प्रतिबन्ध लगाइएको उक्त पत्रकार सम्मेलनमा बताए ।
प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, फागुन ३०, २०७५
थप समाचार






