Kathmandu Press

विश्वभर कोरोना भाइरसबाट ४ लाख २३ हजार वढीको मृत्यु 

काठमाडौं, जेठ ३० : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार ८११ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक....

विश्वभर कोरोना भाइरसबाट ४ लाख २३ हजार वढीको मृत्यु 

काठमाडौं, जेठ ३० : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार ८११ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ७५ लाख ९५ हजार ६४६ जनामा कोरोना संक्रमण देखिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा धेरै कोरोनाको प्रभाव अमेरिकी देशहरुमा परेको छ भने सबैभन्दा कम अफ्रिकन देशमा संक्रमण फैलिएको छ ।

Hardik ivf

विश्वमै सबैभन्दा वढी अमेरिकामा भएको छ । जहाँ १ लाख १६ हजार वढीले ज्यान गुमाएका छन् भने २० लाख भन्दा वढी संक्रमित रहेका छन् । ब्राजिलमा ८ लाख वढी संक्रमितमध्ये ४१ हजार वढीको मृत्यु भईसकेको छ भने बेलायतमा झण्डै ३ लाख संक्रमित मध्ये ४१ हजारले ज्यान गुमाएका छन् ।

यसैगरी भारतमा झण्डै ३ लाख संक्रमितमध्ये ८ हजार ५ सयले ज्यान गुमाएका छन् । विश्वभर ३८ लाख संक्रमित निको भएका छन् । 

प्रकाशित मिति: ०७:५४ बजे, शुक्रबार, जेठ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्