Kathmandu Press

अध्ययन भन्छ- दौडले सबै रोगको प्रतिरोधी क्षमता बढाउँछ

जतिसुकै होस् दौडिनाले स्वास्थ्यमा उल्लेखनीय फाइदा पुग्ने नयाँ अध्ययनले देखाएको छ। अल्पायुमा हुने मृत्युको जोखिम पनि कम हुने अध्ययनमा देखिएको छ। छोटो दुरीको जगिङ गरे पन....

अध्ययन भन्छ- दौडले सबै रोगको प्रतिरोधी क्षमता बढाउँछ

जतिसुकै होस् दौडिनाले स्वास्थ्यमा उल्लेखनीय फाइदा पुग्ने नयाँ अध्ययनले देखाएको छ। अल्पायुमा हुने मृत्युको जोखिम पनि कम हुने अध्ययनमा देखिएको छ। छोटो दुरीको जगिङ गरे पनि सबै कारणले हुने मृत्युको जोखिम २७ प्रतिशतले कम भएकोअष्ट्रेलिया, थाइल्यान्ड र फिनल्यान्डका अनुसन्धाताले बताएका छन्। 

अनुसन्धानमा दुई लाखभन्दा धेरै मानिस सहभागी थिए। चौध ओटा अध्ययनमा सहभागीलाई साढे पाँचदेखि ३५ वर्षसम्म अनुसन्धान गरिएको थियो। यो अवधिमा करिब २६ हजार सहभागीको मृत्यु भएको छ। नदौडिनेभन्दा दौडिने महिला र पुरूष अल्पायुमै मृत्यु हुने जोखिम २७ प्रतिशतले घटेको अनुसन्धानमा देखिएको छ। त्यसम पनि मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगले हुने मृत्यु दरमा ३० प्रतिशतले कमी आएको देखिएको छ। त्यसैगरी क्यान्सरबाट हुने मृत्युको जोखिम पनि २३ प्रतिशतले घटेको छ।

Hardik ivf

अनुसन्धाता भन्छन्,“जति भए पनि दौडमा सहभागी हुने जनसंख्याको स्वास्थ्य र दीर्घायुमा उल्लेखनीय सुधार भएको देखिन्छ। सातामा एक पटक मात्रै दौडिए पनि निकै फाइदा पुग्छ। धेरै दौडिए मृत्यु दर धेरैले घट्छ भन्ने देखिएन।”

सातामा एक पटक वा अनियमित रूपले प्रत्येक पटक ५० मिनेटभन्दा कम र प्रति घण्टा ६ माइलभन्दा बिस्तारै दौडिए पनि स्वास्थ्यमा धेरै फाइदा पुग्छ। विश्लेषणमा दौडको “डोज” बढाए पनि जुनसुकै कारणले हुने मृत्यु दर घट्छ भन्ने नभएको देखिएको छ।  धेरै शारीरिक मेहनतले अकस्मात हृदयाघातले मृत्यु हुने पनि देखिएको छ। तर दौडको फाइदा जोखिमभन्दा धेरै छ।

डाक्टरले पनि व्यक्ति अनुसार दौडिने सुझाव दिनुपर्छ। सबैका लागि दौड उपयुक्त हुँदैन। चोटपटक लाग्ने सम्भावना पनि उत्तिकै भएको अनुसन्धाताले बताए।
अध्ययनले वास्तविक कारण खुलाउन नसकेको र अध्ययनको संख्या पनि कम भएको अनुसन्धाताले बताएका छन्। साथै अध्ययनको विधि पनि भिन्न भएको उनीहरूले बताए।

भावी अनुसन्धानले दौडिने बानीव्यवहार र फाइदा मुल्याङ्कन गर्न “एक्टिभिटी ट्रयाकर”सँग भएको डाटा सदुपयोग गर्नुपर्ने अनुसन्धाताको सुझाव छ। अनुसन्धान प्रतिवेदन ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित छ।
 

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, जेठ ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्