अमेरिकाले बन्द गर्यो, बोइङ ७३७ म्याक्सका सबै उडान
काठमाडौं, फागुन ३० : अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालै इथियोपियामा दुर्घटना भएको ७३७ म्याक्स मोडलका सबै जहाजको उडान बन्द गरेको छ ।
....

काठमाडौं, फागुन ३० : अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालै इथियोपियामा दुर्घटना भएको ७३७ म्याक्स मोडलका सबै जहाजको उडान बन्द गरेको छ ।
अर्को निर्णय नभएसम्मका लागि भन्दै विश्वभरका ३ सय ७१ वटा बोइङ ७३७ म्याक्स विमानको उडान बन्द गरेको हो ।
आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना हुदा १ सय ५७ जनाको मृत्यु भएको थियो ।
दुर्घटना लगत्तै उक्त मोडलमा समस्या हुनसक्ने भन्दै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए ।
भू–उपग्रहबाट दिइएका पछिल्ला विवरणहरुका आधारमा तत्काल उडान बन्द गर्ने निर्णय लिइएको अमेरिकी संघीय उड्ययन प्रशासनले जनाएको छ ।
यसअघि इन्डोनेसियामा भएको सोही मोडलको जहाज दुर्घटना र इथियोपियामा भएको दुर्घटनाको प्याट्रन एउटै भएको न्युयोर्क टाइम्सले स्याटलाईट तस्वीहरुको आधारमा विश्लेषण गरेको छ ।











