Kathmandu Press

भाइरसमुक्त न्यूजिल्यान्डले बन्दाबन्दी हटायो

न्यूजिल्यान्डले कोभिड १९ का कारण गरिएको बन्दाबन्दी खोल्ने भएको छ। तर सीमा नियन्त्रण भने कडाइका साथ लागु हुने प्रधानमन्त्री जसिन्डा आर्डेनले बताएकी छिन् ।

न्य....

भाइरसमुक्त न्यूजिल्यान्डले बन्दाबन्दी हटायो

न्यूजिल्यान्डले कोभिड १९ का कारण गरिएको बन्दाबन्दी खोल्ने भएको छ। तर सीमा नियन्त्रण भने कडाइका साथ लागु हुने प्रधानमन्त्री जसिन्डा आर्डेनले बताएकी छिन् ।

न्यूजिल्यान्डका स्वास्थ्य अधिकारीले कोरोनाभाइरसको सक्रिय संक्रमण नभएको घोषणा गरेपछि यस्तो निर्णय भएको हो । “भाइरसलाई परास्त गर्न अभूतपूर्व रूपमा एकिकृत हामी तयार छौं,” वेलिङ्टनमा आयोजना गरिएको एउटा पत्रकार सम्मेलनमा आर्डेनले भनिन् । 

भाइरस नियन्त्रणमा आर्डेन सरकारले कडाइ र सावधानीका साथ अपनाएको पद्धती विश्व समाचार बनेको छ। विश्व स्वास्थ्य संगठनले पनि उनको प्रशंसा गरेको छ। मार्च २५ देखि चार साताका लागि आर्डेनले बन्दाबन्दी जारी गरिन्। बिस्तारै बन्दाबन्दी खुकुलो बनाउँदै पनि लगिन्।

Hardik ivf

सोमबार मध्यरातदेखि न्यूजिल्यान्डवासी “महाव्याधिको समयमा सकेसम्म सामान्य जीवन हुने देशमा” बाँच्ने आर्डेनले बताइन्। भौतिक दुरी र भेला हुने संख्याजस्ता नियम हटाएर अर्थतन्त्र खुलाउने उनले बताइन्। न्यूजिल्यान्डवासीले सामाजिक सञ्जालमा खुशि मनाए।

“आज सोमबार हो। तर देशवासीसँग खुशी बाँड्न कुनै दिनबारले छेक्छ र ? बधाइ न्यूजिल्यान्ड,” जलवायु परिवर्न मन्त्री जेम्सशले भने, “अनि हात धुनु चाँहि नबिर्सनु।” अरू भने सोमबार मध्यरातदेखि पाइएको नयाँ स्वतन्त्रताका लागि उत्साहि थिए। ब्रेकफास्ट बुफे, सार्वजनिक यातायातमा एकअर्काको छेउमा बस्ने र अनुहार छुन पाइन्छ भनेर उनीहरू खुशी थिए।

केहि अझै सावधान थिए। “सक्रिय संक्रमण शुन्य भए पनि म सावधानीको सिद्धान्त अपनाउँदैछु। कोरोनाको समयमा म जिम जाने छैन,” एक जनाले ट्विट गरे। सरकारले बन्दाबन्दी गर्दा न्यूजिल्यान्डमा दुई सयभन्दा केहि बढि मात्रै संक्रमित थिए। संक्रमितको कुल संख्या १५ सय बढि कहिले नाघेन। बन्दाबन्दी लागु नगरे दशौं हजारले ज्यान गुमाउने वैज्ञानिकहरूले चेतावनी दिएका थिए। न्यूजिल्यान्डमा २२ जनाले ज्यान गुमाए।

न्यूजिल्यान्डवासीले हिँडुडुल कम गरेको आर्डेनले बताए। गुगल डाटा अनुसार अष्ट्रेलिया, बेलायत र अमेरिकाको तुलनामा धेरै मानिस घरै बसे। “सामुहिक नतिजाले हाम्रो कामबारे बोल्छ,” आर्डेनले भनिन्,“एक अर्कालाई सुरक्षित र स्वस्थ राख्न पचास लाखको हाम्रो समूहको बलिदानको फल हो। एकता कायम राख्न र भाइरस फैलनबाट रोक्ने सरकारको नियम पालन गर्न गराउनलाई प्रोत्साहन गर्न उनले न्यूजिल्यान्डवासीलाई “पचास लाखको समूह” भनेर सम्बोधन गर्दै आएकी छिन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसन्धाताले जनाए अनुसार सोमबारसम्म विश्वभर ७० लाखभन्दा धेरै संक्रमित छन्। महाव्याधिका कारण कम्तिमा चार लाखले ज्यान गुमाएका छन्। अमेरिका सबैभन्दा धेरै प्रभावित देश हो।

त्यहाँ १९ लाखभन्दा धेरै संक्रमित छन्। एक लाख दश हजारभन्दा धेरै अर्थात् विश्वको एक चौथाइ मृत्यु अमेरिकामै भएको छ। एक लाखभन्दा धेरै संक्रिमत भएका १५ देश छन्। परीक्षण दर, परिभाषा, समयको अन्तर र रिपोर्ट नगरिदाँ मृतक र संक्रमितको वास्तविक संख्या धेरै माथि हुने सम्भावना छ।

न्यूजिल्यान्डले सीमा नियन्त्रणमा कडाइ जारी राख्नेछ। देशको सबैभन्दा बलियो प्रतिरक्षा भएकाले हाललाई हटाउने कुनै समयसीमा नभएको आर्डेनले बताइन्। अहिले न्यूजिल्यान्डवासी र उनीहरूका निकट परिवारमात्रै देश प्रवेश गर्न पाउँछन्। प्रवेश गरेपछि सरकारले सञ्चालन गरेको क्वारेन्टिनमा १४ दिन अनिवार्य बस्नुपर्छ।

न्यूजिल्यान्डले भाइरस उन्मुलन गरेको भनिहाल्न नमिल्ने उनले बताए। उन्मूलनलाई निरन्तरको प्रयास बताइन्।  “फेरि संक्रमित भेटिन सक्छन्,” उनले भनिन्,“यो हामी असफल भएको सङ्केत होइन। भाइरसको यथार्थ यहि हो।” कोभिड १९ मुक्त घोषणा गर्ने थोरै देशमध्ये न्यूजिल्यान्ड पनि एक हो। एक हजारभन्दा धेरै संक्रमित भएको देशले यस्तो घोषणा गरेको यो नै पहिलो हो।

युरोपेली देश मोन्टेनिग्रोले मे २५ मा भाइरसको सक्रिय संक्रमण नभएको जनायो। फिजिले जून ५ र फारो आइल्यान्डसले पनि मे ९ मा यस्तै घोषणा गर्योक।
ताइवान, आइसल्यान्ड, क्याम्बोडिया र ट्रिनिडाड एन्ड टोबागोले देशमा १० भन्दा थोरै संक्रमित भएको बताए। थुप्रै प्यासिफिक आइल्यान्ड राज्य लगायत एकाध देशले कोभिड १९ को कुनै संक्रमण नभएको दाबी गरेका छन्।

गएको १० दिनसम्म अकल्यान्ड निवासी उमेरले ५० को दशक पुगेकी एकल महिला नै न्यूजिल्यान्डको अन्तिम कोभिड १९ संक्रिमत थिइन्। सोमबार स्वास्थ्यकर्मीले ४८ घण्टासम्म लक्षणमुक्त भएको र हाल निको भएको बताए। समाचार सुनेर कस्तो लाग्यो भन्ने प्रश्नमा प्रधानमन्त्री आर्डेनले भनिन्,“म नाँचे।”
द गार्डियन

प्रकाशित मिति: ०६:२२ बजे, बुधबार, जेठ २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्